सत्ता र शक्तिको लागि विप्लवसँग वार्तादेखि हत्यारा, रातो पासपोर्ट बेच्नेलाई फूलमाला Nepalpatra सत्ता र शक्तिको लागि विप्लवसँग वार्तादेखि हत्यारा, रातो पासपोर्ट बेच्नेलाई फूलमाला
२१ फाल्गुन २०७७, शुक्रबार

ओलीको छटपटी : सत्ता र शक्तिको लागि विप्लवसँग वार्तादेखि हत्यारा, रातो पासपोर्ट बेच्नेलाई फूलमाला


केपी शर्मा ओली र नेत्र बिक्रम चन्द

काठमाडौं । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका एक नेतालाई भेटेका छन् । मन्त्री थापा मंगलबार बिहान नख्खु कारागार पुगेर विप्लव समूहका एक हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका हुन् ।

स्रोतका अनुसार मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेका थिए । यो भेटसँगै ओली विप्लवसँग वार्ता गर्न तयार भएको स्पष्ट देखिन्छन् ।

नेकपा दुई समूहमा विभाजित भएपछि ओली छटपटीएका हुन् । ओलीले आफ्नो समूहलाई बहुमत देखाउनको लागि भए पनि विप्लवसँग वार्ता गर्न तयार भएका हुन् । ओली सरकारले नै प्रतिबन्ध लगाएको विप्लव समूहसँग ओली वार्ताको लागि प्रतिबन्धसमेत फुकुवा गर्ने तयारीमा छन् ।

यसवाट पनि के देखिन्छ भने सत्ता र शक्तिको लागि ओली जुनसुकै कदम चाल्न पनि तयार छन् । ओलीले आफ्नो समूह मजबुत बनाउनको लागि फ्राहर अभियुक्तहरुलाई समेत फूलमालाले स्वागत गर्न थालेका छन् भने रातो पासपोर्ट बेच्ने दलालीहरुलाई समेत पार्टीमा प्रवेश गर्न थालेका छन् ।

यो पनि पढ्नुहोस्

फरार अभियुक्तलाई धमाधम फूलमाला, हत्या गर्नेदेखि रातो पासपोर्ट बेच्नेसम्म ओलीसमूहमा प्रवेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु