१३ बैशाख २०८१, बिहिबार

प्रचण्ड-नेपाल पुगे निर्वाचन आयोग, देला त आयोगले आधिकारिकता ?

प्रचण्ड-नेपाल आधिकारिकता दाबी गर्न पुगे निर्वाचन आयोग


प्रचण्ड-नेपाल र निर्वाचन आयोग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेकपाको आधिकारिकता दाबी गर्न आज निर्वाचन आयोग पुगेका छन् । पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न अध्यक्षद्वय प्रचण्ड र नेपालसहित वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डे लगायत नेताहरु आज बिहान पौने १० बजेतिर आयोग पुगेका हुन् ।

हिजो सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो । दुवै समूहले राजनजीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए ।

सो समूहको हिजो सोमबार बसेको केन्द्रीय समिति बैठकले यसअघि नै अध्यक्षबाट हटाइएका केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट बर्खास्त गर्ने प्रस्ताव अनुमोदन गरेको छ भने महासचिव विष्णु पौडेललाई पनि जिम्मेवारीबाट हटाएको छ । आयोगले पठाएको पत्रमा सबै आन्तरिक विषय खुलाएर आयोगलाई आधिकारिकता दिनका लागि पत्र लेख्ने निर्णय हिजो गरेसँगै पार्टीका नेताहरुको हस्ताक्षरसहित आयोग उक्त समूह आयोग गएको हो ।

यसअघि ओली र प्रचण्ड-नेपाल दुवै समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेपनि आयोगले दुबै पक्षको निर्णय अस्वीकार गर्दै नेकपा विभाजन नभएको र कानुनी रुपमा नेकपा एक रहेको जनाएको थियो ।

४४१ जना केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य आफ्नो समूहमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने प्रचण्ड-नेपाल समूहको माग छ । उक्त पार्टीको हिजो बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो । आयोगमा दल दाबी गर्न प्रचण्ड-नेपाल समूह पुगेसँगै आयोगले उक्त समूहको माग दावी स्वीकार गरेमा नेकपा कानुनी रूपमा नै विभाजन हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रचण्ड-नेपाल समूहद्वारा पार्टीको आधिकारिकता दावी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु