६ बैशाख २०८१, बिहिबार

‘अदालतले जनताको भरोसा जुटाउने अवसर पाएको छ, ओलीसँग लागेर विश्वास टुट्छ’


कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतमाथि जनताले विश्वास गरेकाले जनताको भरोसा जुटाउने अवसर सदुपयोग गर्न न्यायाधीशहरुलाई आग्रह गरेका छन् । नेता सिटौलाले अदालतलाई आफ्ना क्षमता प्रकट गरेर संविधानको रक्षा गर्न सक्छ भनेर जनतालाई सन्देश दिने सुनौलो अवसर पाएको बताए ।

शुक्रबार आयोजित विरोध सभामा बोल्दै नेता सिटौलाले याधीशहरुले आम जनताको भरोसा र आशा जुटाउने अवसर पाएको अवसरको सदुपयोग गर्न आग्रह गरे । नेता सिटौलाले प्रधानमन्त्रीलाई आफ्नो गल्ती स्वीकार गर्न समेत आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !