४ बैशाख २०८१, मंगलबार

सर्वोच्च अदालतबारे हामी बोल्छौं, बोल्न डराउनेहरु कायर हुन् : गगन थापा


गगन थापा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले अदालतबारे बोल्दैनौं भन्ने कांग्रेस कायर भएको बताएका छन् । प्रधानमन्त्रीको कदम असंवैधानिक भएको नेता थापाले बताए ।

आज आयोजित सभामा बोल्दै नेता थापाले भने, “बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं, जसले अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् भन्नुभएको थियो । पञ्चयतका बेलामा बोलेका बीपीका कार्यकर्ता आज रामशाहपथ देखेर परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्छन् भने ती कायर हुन् ।”

“संसदले अदालतको सम्मान राख्यो, अब हामी चाहन्छौं, अदालतले संसदको सम्मान राखोस् । हामी श्रीमानहरुलाई भन्न चाहन्छौं ।” नेता थापाले भने, “तपाईहरु संविधान पल्टाएर हेरिराख्नु भएको छ, अक्षरहरु पढिराख्नु भएको, हेर्ने त्यही हो । तर संविधानका धाराहरु शून्यबाट आएका होइनन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !