१३ बैशाख २०८१, बिहिबार

संसद विघटन र पार्टी विभाजन गर्ने ओलीको निरंकुश स्वेच्छाचारी कार्यको विरोध गरौं : भीम रावल


भीम रावल File Photo

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले प्रतिनिधि सभा विघटन र पार्टी विभाजन गर्ने प्रमं केपी शर्मा ओलीको निरंकुश स्वेच्छाचारी कार्यको विरोध गर्न आग्रह गरेका छन् ।

नेता रावलले शहीद दिवसका अवसरमा महान शहीदहरूप्रति श्रध्दाञ्जली अर्पण गर्दै शहीदहरूको आदर्शको रक्षा र सम्मान गर्न आग्रह गरेका छन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्, “शहीद दिवसका अवसरमा महान शहीदहरूप्रति हार्दिक श्रध्दाञ्जली ! राष्ट्रिय स्वाधीनता, हित, स्वाभिमान र लोकतन्त्रको प्रतिरक्षा गरौं । प्रतिनिधि सभा विघटन र पार्टी विभाजन गर्ने प्रमं केपी शर्मा ओलीको निरंकुश स्वेच्छाचारी कार्यको विरोध गरौं! शहीदहरूको आदर्शको रक्षा र सम्मान गरौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !