प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश Nepalpatra प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
१७ फाल्गुन २०७७, सोमबार

प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश


प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र सबै बेहोरा खुलाइ आफै लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

उनले ‘वकीलहरुले कुरा फिटेका फिट्यै गरेका छन् तर प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन र बाजे वकीललाई अदालतमा लिएर तमासा देखाएको’ भनेका थिए । प्रतिनिधिसभा विघटनको मुद्दामा बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरिएको थियो ।

न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले आज सो आदेश जारी गरेको हो । “म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक ७ दिनभित्र सबै बेहोरा खुलाइ आफैँ लिखित जवाफ पेश गर्नुहोला”, आदेशमा भनिएको छ ।

वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन सम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर न्याय सम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा बुधबार दायर गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !