१३ बैशाख २०८१, बिहिबार

ओलीविरुद्ध गौतम यसरी खनिए : ओली बाहेक अरु सबै नेता एकताको पक्षमा


वामदेव गौतम

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली बाहेक अरु सबै नेताहरु पार्टी एकताको पक्षमा रहेको खुलासा गरेका छन् । गौतमले ओली बाहेक अरु नेताहरु एकताको पक्षमा रहेको र प्रचण्ड-नेपाल समूहका केहि नेताहरु पनि एकताको पक्षमा रहेको बताए ।

आज नेकपाको एकता अभियान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले नेकपालाई एकता गर्न सधै लागिरहने बताए आफूलाई पार्टी एकता जोगाउन धेरै प्रयास गरे पनि नसकेको बताए ।

नेकपा भित्रको विवादले गर्दा अहिले आम कार्यकर्ता र नेपाली जनता पनि चिन्तित भएको उनले बताए । नेपाली जनता र कार्यकर्ताले पार्टी नफुटोस भन्ने चाहेकोले आफू कुनै समूहमा सामेल नभएको गौतमले बताए ।

पार्टी फुट्नमा ओली र प्रचण्ड दुबैको बराबर गल्ति रहेको गौतमले बताए पार्टी फुटिसकेले फुट्नमा कुनै एक नेताको दोस नरहेको गौतमले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !