१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले किन एक्कासी गरे पशुपतिनाथको दर्शन ?

यसकारण गरे प्रधानमन्त्री ओलीले पशुपतिनाथको दर्शन


प्रधानमन्त्री ओलीले किन एक्कासी गरे पशुपतिनाथको दर्शन ?

काठमाडौँ । पृष्ठभूमि : प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सोमबार बिहान एक्कासी पशुपतिनाथको दर्शन गरेका थिए । मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्प गर्दै विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन् । पत्नी राधिका शाक्यसहित बिहान करिब ८ बजे पशुपतिनाथ मन्दिर पुगेका ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिएका थिए ।

सोही क्रममा ओलीले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका थिए । पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन समेत दिएका थिए । कार्यक्रममा संस्कृति मन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल लगायतको सहभागिता थियो ।

पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा.मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्य लगायत कर्मचारीले स्वागत गरेका थिए । विशेष पूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले ओलीलाई टीका र प्रसाद प्रदान गरेका थिए । मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी भएका कोषले जनाएको थियो ।

हिन्दू राज्य पुन:स्थापनाको लागि भाजपाबाटै दबाब

नेपाललाई हिन्दू राज्य पुन:स्थापना गर्नको लागि दिल्लीबाटै दबाब आएको पनि केहि विदेशी संचार माध्यमहरुले लेखेका छन् । छिमेकी राष्ट्र भारतमा अति हिन्दू राष्ट्रवादीहरू नेपालमा अस्थिरता सिर्जना गर्ने गरी आफ्ना गतिविधि बढाइरहेको ती संचार माध्यमले लेखेका छन् ।

हालै हङकङको प्रसिद्ध पत्रिका साउथ चाइना मर्निङ पोष्टमा भारतीय मूलकी दक्षिण एशिया र दक्षिण पूर्व एशियाको विषयमा कलम चलाउने पत्रकार सोनिया सरकारको नेपालको राजनीतिक प्रणाली परिवर्तन सम्बन्धमा एउटा ठूलो प्रकाशित आलेखमा भारतका हिन्दू राष्ट्रवादीहरूले नेपालमा हिन्दू राज्य स्थापना र धर्मनिरपेक्षताको खारेजीको एकमात्र उद्देश्यसहित सहयोग गर्ने उल्लेख भएको छ ।

यसका लागि भारतीय जनता पार्टीसहित यस अभियान सम्बद्ध हिन्दूवादीहरूले अभियान समेत सञ्चालन गरिरहेको उल्लेख छ । यसका लागि प्रायजसो उनीहरूले हिन्दू समूहहरूको निर्माण र सामाजिक प्रभाव अभिवृद्धि गर्ने कार्यमा ध्यान केन्द्रित गरेको भन्दै पत्रकार सोनियाको नाममा सो आलेख साउथ चाइना मर्निङ पोष्टको जनवरी १९, २०२१ (२०७७ माघ ६ गते) को अंकमा ‘दिस विक इन एसिया’ स्तम्भमा प्रकाशित भएको छ ।

ओलीको पशुपतिनाथको दर्शनवारे राजनीतिक विश्लेषकहरु र टिप्पणीकारहरुको धारणा

कतिपय कम्युनिष्ट विचारधाराका टिप्पणीकारहरुले त केहि समय अघिदेखि नै केपी ओलीले नेतृत्व गरेको नेकपा कम्युनिष्ट पार्टी नभएको र स्वयम् ओलीले पनि यो कम्युनिष्ट पार्टी होइन भनेर अन्तर्वार्ता दिएकोमा ओलीका यस्ता गतिविधि र यस दर्शनले झन् छर्लंग परेको पनि भन्ने थालेका छन् । साथै केपी ओली पनि कम्युनिष्ट आन्दोलनभित्रको पात्र अव होइन भन्ने कुरा प्रमाणित गरेको रुपमा बुझ्नुपर्ने उनीहरुको तर्क रहेको छ ।

केहि राजनीतिक विश्लेषकहरुका अनुसार संसदीय राजनीतिक व्यवस्थाभित्रको घिनलाग्दो खेलभित्र राजनीतिज्ञहरुले विभिन्न धार्मिक सम्प्रदायलाई लोभ्याउन र प्रभावित गर्न अपनाउने अनेक हत्कण्डाहरु जस्तै ओलीको यो कदमलाई हेर्नुपर्ने विश्लेषण गरेका छन् ।

नेपालमा हिन्दु धर्म सापेक्ष देश बन्नुपर्छ भन्ने जमातको मन जित्न वा समर्थन लिनका लागि पशुपतिनाथको दर्शन गरेको हुनसक्छ भन्ने टिप्पणी कम्युनिष्ट विचारधाराका ती टिप्पणीकारहरुले गरेका छन् । केपी ओलीले हिन्दु धर्मको ब्रम्हास्त्र छोडेमा आफूलाई अरु जोसुकैले राजनीतिक अन्य अस्त्र छोडेपनि असर नगर्न सक्ने पनि अनुमान गर्न सकिन्छ ।

ओलीको पशुपतिनाथको दर्शनले राजनीतिक दललाई पर्ने असर

आगामी २०७८ साल वैंशाख १७ गते र वैंशाख २७ गते चुनावको मिति घोषणा भएको छ । तर घोषित मितिमै निर्वाचन हुनेमा आशंका बढिरहेका बेला यतिबेला मुलुकभित्र र बाहिर हालको गणतन्त्र, संघीय प्रणाली, धर्म निरपेक्षता जस्ता नेपालको संविधानले संस्थागत गरेका आधारभूत मान्यताप्रति प्रश्न उठाउन थालिएको छ ।

मूलतः व्यवस्था पक्षधर शक्तिहरूकै बीचमा सिर्जना भएको आपसी अविश्वास, फूट, द्वन्द्व र विद्यमान अस्थिरताका कारण मुलुक कतै नयाँ खालको द्वन्द्व र मुठभेडको अवस्थातिर जाने त होइन भन्ने अन्योलपूर्ण अवस्था रहेको छ । यही पृष्ठभूमि र सन्दर्भमा अहिलेको अन्योलपूर्ण र अस्थिर राजनीतिबाट मौकाको फाइदा उठाउन मुलुकभित्र र बाहिरका अति दक्षिणपन्थी राजावादी शक्तिहरूको सक्रियता बढेर गएको पाइएको छ ।

केहि समयअघि मात्र देशका विभिन्न शहरहरूमा ‘राजा आऊ, देश बचाऊ’ को नारामा विभिन्न नारा-जुलुस र र्याली गरी संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गरेका थिए । यसरी पशुपतिनाथमा प्रधानमन्त्री ओलीले दर्शन गर्नु हिन्दूराज्य पक्षधरका लागि सुखद संकेतकै रुपमा लिन सकिन्छ ।

२०७० सालको निर्वाचनमा गाई चुवाव चिन्ह लिएर समानुपातिक ठुलो सफलता हासिल गरेका कमल थापाले सत्ता र शक्तिको लागि आफ्नो एजेण्डालाइ छोडेको भने उनमा आरोप लाग्दै आएको थियो र अझसम्म पनि कायम नै छ । कमल थापा र उनको नेतृत्वमा रहेको पार्टी राप्रपामाथि हिन्दु राष्ट्रवादीहरुको विश्वास घट्दै गएको पछिल्ला चुनावहरूले देखाएका छन् ।

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा समय-समयमा वकालत गर्ने गरेका छन् । उनले आफू हिन्दु धर्मको पक्षमा रहेको उल्लेख गर्दै मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय लिन जनमत संग्रह गर्न सरकारसँग माग समेत गरेका थिए ।

साथै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसभित्र कहिलेकाहिं हिन्दु राष्ट्रको कुरा उठाएर नेतृत्वमा आउन कुटनीति अपनाउने नेताहरु हालत पनि संकटमा पर्ने देखिन्छ । यसको दिर्घकालिन असर सनातन हिन्दु धर्मावलम्वीलाई फाइदा पुगेतापनि हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गरेर हिडने कमल थापा लगायतका पुराना राजावादीहरु र नव राजावादीहरु चुनावमा भने पत्तासाफ हुने नै देखिन्छ ।

पशुपतिनाथको दर्शन गरेर ओलीले दिन खोजेको राजनीतिक सन्देश

प्रधानमन्त्री ओलीले किन अचानक पशुपतिनाथको दर्शन गरे भन्ने चासो आम नेपाली संचेत नेपालीमा बढेर गएको छ । ओलीले हिजो सोमबार बिहान एक्कासी पशुपतिनाथको दर्शन गरेपछि नेपाली राजनीतिक वृत्तमा यसलाई चासोको साथ हेरिएको छ ।

प्रधानमन्त्री हुँदा सपथ लिँदा समेत ईश्वरको नाममा सपथ नखाने जनताको नाममा भनेर सपथ खाने भौतिकवादी कम्युनिष्ट पार्टीको प्रधानमन्त्री ओलीले यसरी एकाएक पशुपतिनाथको दर्शन गर्नुलाई विशेष अर्थको रुपमा लिइएको छ किनभने कम्युनिष्टहरू भौतिकवादमा विश्वास गर्ने भएकोले धर्मकर्ममा धेरै कम्युनिष्ट नेताहरू संलग्न हुदैनन् ।

नेपाली राजनीतिक इतिहासमा पनि पशुपतिनाथमा गएर ‘संकल्प’ पूजा गर्ने ओली पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुन सक्छन् । यसअघिका कुनै कम्युनिष्ट प्रधानमन्त्रीहरूले पशुपतिमा लगायत कुनै मठमन्दिरमा गएर निजी पूजाआजा गरेको त्यति सुनिएको थिएन ।

ओलीले पशुपतिनाथमा गएर गरेको पूजामा उनको निजी आस्था जेभएपनि यसमा लुकेको राजनीतिक सन्देशले भने ठुलो अर्थ राखेको छ । प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति समेत घोषणा गरेका ओली त्यही राजनीतिक सन्देशलाई अघि बढाउने उद्देश्यले ‘विशेष पूजा’ गर्न पशुपति पुगेको देखिन्छ ।

पछिल्ला दिनहरूमा प्रधानमन्त्री ओलीले पूर्वीय दर्शन, पूर्वीय सभ्यता, संस्कार तथा रितिरिवाज जस्ता कुरामा जोड दिदै आफ्ना विचार-अभिव्यक्तिमा उनी पूर्वीय समाज र दर्शनको सन्दर्भ बारम्बर जोड्ने गरेका छन् । यो धर्म, दर्शन र संस्कारमा मात्र सीमित नभएर यसभित्र लुकेको राजनीतिक स्वार्थको ठुलो खेल रहेको अनुमान गर्न सकिन्छ ।

केही महिनाअघि उनले राम नेपालमै जन्मेका हुन्, अयोध्या नेपालमै छ भनेर सार्वजनिक रूपमै दाबी गरेका थिए । नेपालमा धर्म र संस्कृतिलाई समाजको मूल आधार मान्ने एउटा ठुलो सनातन धार्मिक समुदाय रहेको छ । नेपालमा राजतन्त्र हटेपछि त्यसलाई नेतृत्व गर्ने भरपर्दो राजनीतिक शक्ति नभएको अवस्थामा यसले ओलीलाई ठुलो फाइदा हुने अवश्य नै देखिन्छ ।

ओली त्यही पुरातन र सनातन विचारधाराको समुदायलाई आफूतिर तान्न हिजो पशुपतिनाथको ढोका ढकढक्याएको हुनसक्ने विश्लेषण गर्न सकिन्छ । यसरी ओलीले हिन्दु धर्मको सहारा लिएर अधिकांश नेपालीको मन जित्ने हत्कण्डा अपनाएको आंकलन गर्न सहजै सकिन्छ ।
प्रधानमन्त्री ओलीले किन एक्कासी गरे पशुपतिनाथको दर्शन ?प्रधानमन्त्री ओलीले किन एक्कासी गरे पशुपतिनाथको दर्शन ?प्रधानमन्त्री ओलीले किन एक्कासी गरे पशुपतिनाथको दर्शन ?प्रधानमन्त्री ओलीले किन एक्कासी गरे पशुपतिनाथको दर्शन ?प्रधानमन्त्री ओलीले किन एक्कासी गरे पशुपतिनाथको दर्शन ?

तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु