सिमा नाघेर माधव नेपाललाई भाले बनाउँदै प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले Nepalpatra सिमा नाघेर माधव नेपाललाई भाले बनाउँदै प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले
२१ फाल्गुन २०७७, शुक्रबार

माधव नेपाललाई भाले बनाउँदै सुर्य थापाले भने, ‘पेरिसडाँडामा कुखुरी काँ ?’


माधवकुमार नेपाल, सुर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले पूर्वप्रधानमन्त्री तथा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाललाई कुखुरी काँ भनाइ व्यंग्य हानेका छन्

थापाले माधवकुमार नेपाल अध्यक्ष बनेकाे १ महिना ४ दिनमै अवैध घाेषणा भएको टिप्पणी गरेका छन् थापाले अध्यक्ष नेपाललाई एकीकृत पार्टीकाे तेस्राे अध्यक्ष बन्न भन्दा मनले नमानेको र तेल दिँदा नखाने काेल चाट्ने गर्दा यस्तो भएको आरोप लगाए

सामाजिक संजाल फेसबुकमा थापाले लेखेका छन्, “पहिले दरबारकाे पश्चिम ढाेकामा सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति -अहिले कार्की बैंक्वेटमा आयाेजित प्रचण्डपथीय भेलाबाट स्वघाेषित अध्यक्ष बनेकाे १ महिना ४ दिनमै अवैध घाेषणा –
बुद्धिले अरूलाई खा,
रिसले आफूलाई खा
भनेकाे यस्तै भएर हाेला !
एकीकृत पार्टीकाे तेस्राे अध्यक्ष बन्न भन्दा मनले मानेन,
तेल दिँदा नखाने काेल चाट्ने गर्दा त यस्तै हुन्छ नै ।
मजाक –
उधारो हुन्न, हाताहाती चाहिन्छ,
पेरिसडाँडामा कुखुरी काँ ?”

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु