८ बैशाख २०८१, शनिबार

लोकतन्त्र र संविधानमाथि ओलीतन्त्रले योजनाबद्ध आक्रमण : डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौं । जसपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्र र संविधानमाथि ओलीतन्त्रले गरेको योजनाबद्ध आक्रमणको प्रतिरोध जनस्तरबाट नभएसम्म राजनीतिक दलहरूको सामर्थ्य मात्र अपर्याप्त हुने टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै डा. भट्टराईले भनेका छन्, “अनन्त सतर्कता स्वतन्त्रताको मूल्य हो भनिन्छ ! लोकतन्त्र र संविधानमाथि ओलीतन्त्रले गरेको योजनाबद्ध आक्रमणको प्रतिरोध जनस्तरबाट नभएसम्म राजनीतिक दलहरूको सामर्थ्य मात्र अपर्याप्त हुन्छ! माघ १२ गते वृहद् नागरिक आन्दोलनले आयोजना गरेको ‘बालुवाटार मार्च ‘ प्रति हार्दिक ऐक्यवद्धता !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !