१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीको दिए मुख्यमन्त्री राईलाई विवाहको शुभकामना


प्रधानमन्त्री ओलीको दिए मुख्यमन्त्री राईलाई विवाहको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दम्पत्तिलाई विवाहको शुभकामना दिएका छन् । आइतबार ४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग विवाह गरेपछि आयोजित रिसेप्सन पार्टीमा पुगेर प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् ।

आइतबार दिउँसो राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री राई बेहुली लिन पुगेका थिए । मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पुर्ख्यौली संखुवासभा हो ।

बेहुला बनेका मुख्यमन्त्री राई र बेहुली बनेकी शेर्पा परम्परागत पोशाकमा सजिएका थिए । राई दम्पत्तिलाई राष्ट्रपति विद्यादेवी भण्डारी सहितका भीआईपीले विवाहिक जीवनको शुभकामना दिएका छन् ।

कोरोना संक्रमणको त्रासका कारण थोरै संख्यामा जन्ती लगिएको बिहेमा पर्यटनमन्त्री भानुभक्त ढकाल पनि उपस्थित भएका थिए । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ समेत रहेकी शेर्पा २३ वर्षकी भएकी छिन् । मुख्यमन्त्री राई र शेर्पा केहि समयदेखि प्रेम सम्वन्धमा रहेका थिए ।

प्रधानमन्त्री ओलीको दिए मुख्यमन्त्री राईलाई विवाहको शुभकामना

यो पनि पढ्नुहोस्

विवाह वन्धनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई (फोटो फिचर)

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !