७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको अभिव्यक्तिमाथि वकिलहरुले प्रश्न उठाउँदा प्रधानन्यायाधीशले बोल्न रोक लगाएपछि…


संवैधानिक इजलास फाइल तस्वीर

काठमाडौं । संवैधानिक इजलासमा वकिलहरुले अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’ भनेको भन्दै प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा ‘एक जना बाजेलाई तमासा गर्न लगेछन्’ भनेपछि त्यसबारे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रश्न उठाएका छन् ।

त्रिपाठीले यो तमासा हो श्रीमान्, हामी तमासा गर्न बसको हौं भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बाहिर भइरहेको कुराबारे चर्चा नगर्न आग्रह गर्दै भने, ‘बजारका कुरामा नजानुस्, आफ्नो विषयमा जानुस्’ उनले भने ।

यो पनि पढ्नुहोस्

संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीशले रोके


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !