६ बैशाख २०८१, बिहिबार

प्रचण्ड-माधव समूह नेकपाको स्थायी कमिटी बैठक आज बस्दै


प्रचण्ड-नेपाल समूह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक आज आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको सचिवालयको बैठकले आज दिउँसो १२.३० बजे स्थायी कमिटी बैठक बोलाएको हो ।

हिजो बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रम लगायतका विषयमा छलफल गर्न आज आइतबार स्थायी कमिटीको बैठक बस्ने जानकारी दिएका थिए ।

शुक्रबार राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गरेको नेकपाले बैठकबाट थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ । गत पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपाले निरन्तर जनपरिचालन लगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !