११ बैशाख २०८१, मंगलबार

महान्यायाधिवक्ताले हतार-हतार पुरानो मितिमा छापेर राजपत्र पेश गरेर किर्ते काम गरेको योगेश भट्टराईको खुलासा


योगेश भट्टराई

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन पुरानो मितिमा छापे राजपत्र संवैधानिक इजलासमा पेश गरेको आरोप लगाएका छन् ।

नेता भट्टराईले सामाजिक संजालमा एक स्टाटस लेख्दै तिम्रो लाज छोप्न अझै कति टालो जोहो गर्नु पर्ने हो भन्दै प्रश्न गरेका छन् ।

रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ताद्वय टीकाराम भट्टराई र ओमप्रकाश अर्यालले बिहीबार प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन नभएको प्रश्न गरेपछि महान्यायाधिवक्ता अग्निप्रसाद खरेल गायप भएका थिए । आज महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा विघटनको सूचना समेटिएको गत पुस ५ गते प्रकाशित राजपत्र इजलाससमक्ष पेश गरेका हुन् ।

नेता भट्टराईले लेखेका छन्, “संबिधानको कुनै धारा उल्लेख नगरि प्रतिनिधिसभाको बिघटनको चिट्ठी गयो, अदालतमा प्रश्न उठेपछि उक्त चिट्ठी गायब गरियो, अर्को चिट्ठी ल्याएर फायलमा राखियो, अनि फेरी अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा बिघटनको सूचना राजपत्रमा खै ? हतार हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरी फायलमा राखियो, किर्ते काम ? तिम्रो लाज छोप्न अझै कति टालो जोहो गर्नु पर्ने हो ?
लज्जाबोध ”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !