६ बैशाख २०८१, बिहिबार

ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, अब साधारण सदस्यबाट हटाउछौं : अध्यक्ष नेपाल


माधवकुमार नेपाल

सुर्खेत । नेपाल कम्युनिष्ट पाटि (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने बताएका हुन् ।

अध्यक्ष नेपालले भने, “केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भए । आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !