७ बैशाख २०८१, शुक्रबार

पत्रकारलाई ओलीको आग्रह : “पत्रकार हुँ भन्ने वित्तिकै फलानो पार्टीको हो भनोस्”


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार हुँ भन्ने वित्तिकै फलानो पार्टीको हो बन्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले स्वार्थका लागि समाचार नलेख्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले पित पत्रकारिता देशको ठूलो समस्या भएको टिप्पणी गर्दै भने, “यो पार्टीसँग निकट भएकाले म तपाईहरुलाई आग्रह गर्छु, पत्रकार हुँ भन्ने वित्तिकै फलानो पार्टीको हो भनेर चिनोस् ।”

ओलीले केही सञ्चार माध्यम झुटो छापेर जनतालाई दिग्भ्रमित पार्न लागेको आरोप लगाउदै भने, ‘स्वार्थबाट अन्ध हुन्छ वा आत्म बेच्छ, त्यसपछि नर्क पर्छ । नर्कमा गएपछि फर्किन सक्दैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !