८ बैशाख २०८१, शनिबार

“डेढ प्रतिशत जनतालाई मात्र कोरोना खोप पुग्ने रे, बाॅकीलाई कता हात थाप्ने ?”


प्रधानमन्त्री ओली र बाबुरामको जुहारी

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनु पर्ने अवस्था आएको बताएका छन् सामाजिक संजालमा एक स्टाटस लेख्दै डा. भट्टराईले कोरोना विरुद्धको खोप मागेर डेढ प्रतिशत जनतालाई खुवाएर बाँकीलाई कहिलेसम्म खुवाउने भन्दै प्रश्न गरेका छन्

डा. भट्टराईले भारतसँग चार लाख कोरोना खोप मागेर बाँकी कता हात थाप्ने भन्दै प्रश्न गर्दै लेखेका छन्, “मागेको धोतीले मेरो लाज छोपिन्न..’भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो ! ऐले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ । त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे!बाॅकीलाई कहिलेसम्म होला;कता हात थाप्ने होला?फेरि कोरोना संगसंगै ओली भाइरससंग लड्नु छ !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !