११ बैशाख २०८१, मंगलबार

लाेकतान्त्रिक संविधान रक्षाकाे पक्षमा जुट्न गगन थापाको आग्रह


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले लाेकतान्त्रिक संविधान रक्षाकाे पक्षमा जुट्न सबैलाई आग्रह गरेका छन् । नेता थापाले संसद विघटनविरुद्ध विरोध प्रदर्शन कार्यक्रममा सहभागी हुन आग्रह गरेका हुन् ।

नेता थापाले एक स्टाटस लेख्दै भनेका छन्, “जुटाैं ! उठाैं लाेकतान्त्रिक संविधान रक्षाकाे पक्षमा ! आज माघ ८ गते वडा स्तरीय विराेध कार्यक्रम अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं.४ का बाह्रैबटा वडामा हुने प्रदर्शनमा सहभागी भई, संसद विघटन विरुद्ध ऐक्यबद्धता प्रकट गर्न सबैमा हार्दिक अनुरोध गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !