८ बैशाख २०८१, शनिबार

प्रदेश ४ मा आलोपालो मुख्यमन्त्री


kiran and prithivi subba

८ माघ, काठमाण्डौ । पोखरा मुकाम रहेको ४ नम्बर प्रदेशमा एमालेले आलोपालो मुख्यमन्त्री बनाउने मध्यमार्गी उपाय निकालेको छ । प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले नेता किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ दुबैको दाबी छ । किरण वामदेव गौतम निकट हुन् भने पृथ्वीसुब्बा केपी ओलीनिकट हुन् ।

किरण र पृथ्वीसुब्बा दुबै पूर्वमन्त्री भइसकेका सिनियर नेता हुन् । किरण पूर्ववनमन्त्री हुन् भने पृथ्वी पूर्वपर्यटन मन्त्री । दुवै नेताले मुख्यमन्त्रीमा दाबी नछाडेपछि आधा–आधा कार्यकाल बाँड्ने गरी सहमति जुटाउन रविन्द्र अधिकारीलगायतका नेताले शीर्ष नेतालाई मध्यमार्गी उपाय सुझाएका हुन् । पहिलो कार्यकाल वर्णानुक्रम अनुसार, पार्टीको पद अनुसार वा गोलप्रथा के आधारमा तय गर्ने भन्ने कुरा मिलाउन बाँकी रहेको एमाले स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !