त्यो बच्चालाई हामीबाट खोसेर मार्ने षड्यन्त्र गरिँदैछ, हामी हेरेर बस्न सक्दैनौं : प्रचण्ड Nepalpatra त्यो बच्चालाई हामीबाट खोसेर मार्ने षड्यन्त्र गरिँदैछ, हामी हेरेर बस्न सक्दैनौं : प्रचण्ड
१५ फाल्गुन २०७७, शनिबार

त्यो बच्चालाई हामीबाट खोसेर मार्ने षड्यन्त्र गरिँदैछ, हामी हेरेर बस्न सक्दैनौं : प्रचण्ड


प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानून व्यवसायीहरुले लड्ने भन्दै उनले पार्टीका नेता कार्यकर्तालाई जनतामा जान आग्रह गरेका छन्

प्रचण्डले संसद विघटनका विषयमा जनताले आफ्नो फैसला सुनाउने बेला आएको बताए । प्रचण्डले भने, “जनताको अदालतको फैसला आयो भने सर्वोच अदालतलाई पनि सजिलो होला, निर्वाचन आयोगलाई पनि सजिलै होला ।”

अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई खलनायक र गणतन्त्रलाई बच्चासँग तुलना गर्दै भने, “त्यो बच्चालाई हामीबाट खोसेर मार्ने षड्यन्त्र गरिँदैछ, अनि हामी हेरेर बस्न सक्छौं ? ”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !