७ बैशाख २०८१, शुक्रबार

पार्टी निर्माण ओलीले गरेको होइन, ओली त पिछा लागेको मात्र हो : गौतम

"प्रचण्ड आफैले पार्टी निर्माण गरेको हो"


बामदेव गौतम File Photo

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू दुवै पक्षको उपाध्यक्ष रहेको दावी गरेका छन् । गौतमले केपी ओली र प्रचण्डलाई एक बनाउने काम आफुले गर्ने दावी गरे ।

हिमालय टेलिभिजनको यक्ष प्रश्न पार्यक्रममा राजेन्द्र बानियासँग बोल्दै गौतमले ओली र प्रचण्ड पार्टी र देश दुबै चलाउन असक्षम रहेको आरोप लगाए । गौतमले ओलीले पार्टी निर्माण नगरेको र ओली आफै पिक्षा लागेको आरोप लगाए ।

गौतमले भने, “प्रचण्डले आफै निर्माण गर्नुभएको पार्टी हो । तर ओलीले पार्टी निर्माण गरेको होइन । ओली त पिछा लागेको मात्र हो । प्रचण्ड समूहको नेताहरु तालिमप्राप्त छन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !