७ बैशाख २०८१, शुक्रबार

किन एक्कासी बोलायो निर्वाचन आयोगले राजनीतिक दलहरुलाई ?


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएको छ । एकातिर नेकपाको आधिकारिक समूह कुन हो र निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने आशंका बढिरहेको परिप्रेक्षमा एक्कासी किन राजनीतिक दलहरुलाई आयोगले बोलायो भन्ने चासो पनि बढेको छ ।

निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूलाई आयोगको कार्यालयमा बोलाएको हो । आयोगले विभिन्न दलहरुसँग छलफलका लागि आइतबार दलका प्रतिनिधिहरुलाई बोलाएको बुझिएको छ ।

आगामी वैशाखमा हुने भनिएको निर्वाचनबारे छलफल गर्न दलहरूलाई आज बोलाइएको आयोगले जानकारी दिएको छ । आयोगले मतदाता नामावली अध्यवाधिक, मतदानस्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न बोलाइएको पनि बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर वैशाखमा निर्वाचन तय गरेतापनि यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला आयोगले भने निर्वाचन तयारी थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामीे बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेसँगै आयोगले आफ्नो कामलाई तीव्रता दिएको हो । यद्यपि धेरैजसो दलहरु संसद विघटन नै असंवैधानिक भन्दै संसद पुनस्थापना हुनुपर्ने बताउँदै संघर्षमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !