४ बैशाख २०८१, मंगलबार

किन एक्कासी फेरि राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली ?

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


केपी ओली र विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आज आइतबार बिहान शितल निवास पुगेका हुन् ।

फेरि राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली किन एक्कासी शितल निवास पुगे भन्ने जनचासो बढेको छ । भेटमा सरकारका कामकारबाही र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको गोप्य स्रोतले जानकारी दिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आइतबारदेखि पुन: सुनुवाइ जारी रहेको अवस्थामा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्नु राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्रीले समसामयिक राजनीतिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा भने नौलो नभई पुरानो नै हो । तर पछिल्लो समय प्रधानमन्त्री ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग भेटवार्तालाई बाक्लो बनाउँदै आएका छन् ।

प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समेत अनौपचारिक रुपमा बिभाजन भई सकेको छ । प्रतिनिधिसभा विघटनको सिफारिसमा प्रधानमन्त्री ओली र मन्त्रिपरिषद् कार्यालयले छुट्टाछुटै चिठी शितल निवासमा पठाएको खुलेपछि अहिले नेपाली राजनीतिकमा नयाँ तरंग आएको छ ।

यो विषयसँग जोडिएर अहिले राष्ट्रपति कार्यालयमा पुगेका दुई वटा चिठीमध्ये प्रधानमन्त्रीको चिठीले मान्यता पाउँछ कि पाउँदैन ? र मन्त्रिपरिषदले अदालतबाट सक्कल कागजात किन फिर्ता लग्यो र त्यसरी फिर्ता लैजान पाउँछ कि पाउँदैन ? भन्ने दुई विषय प्रमुख रूपमा उठेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !