७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीले अनैतिक कुटनीति गरिरहेको भीम रावलको आरोप


भीम रावल File Photo

काठमाडौं । नेकपाका दाहाल-नेपाल समूहका नेता भीम रावलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणले नेपालको कुटनीतिलाई कमजोर बनाउनेबाहेक अन्य केही पनि उपलब्धि नभएको टिप्पणी गरेका छन् ।

भारत भ्रमणको क्रममा मन्त्री ज्ञवालीले सिमा विवादको बारेमा एक शब्द पनि उच्चारण नगरेको रावलको दाबी छ । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले प्रधानमन्त्री ओली र मन्त्री ज्ञवालीले अनैतिक कुटनीति गरिरहेको पनि उनको आरोप छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !