११ बैशाख २०८१, मंगलबार

प्रदेश ४ का प्रदेशसभा सदस्यहरुले लिए सपथ


safad grahan pokhara

७ माघ, पोखरा । प्रदेश नम्बर ४ का प्रदेश सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न भएको छ । तर, रामबहादुर गुरुङ सपथ लिनवाट छुटेका छन् भने दीपक मनाङे अनुपस्थित रहे ।

सपथ ग्रहण समारोह पोखरा नगर प्रशिक्षण केन्द्रमा राखिएको थियो । प्रदेश ४ मा प्रत्यक्षतर्फ ३६ र समानुपातिकका २४ गरी ६० जना प्रदेशसभा छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ गराए । श्रेष्ठले प्रदेशसभाका बाँकी ५७ जना सांसदलाई सपथ खुवाएका हुन् ।

सपथ लिन पुगेका प्रदेशसभा सदस्यहरु उत्साही देखिन्थे । छिट्टै प्रदेशसभा गठन गरी विकासको ढोका खोल्न आतुर रहेको सांसद दीपक कोइरालाले प्रतिक्रिया दिए । प्रदेश सरकारका अस्थायी संरचनाहरु धमाधम तयार भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तारानाथ अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !