६ बैशाख २०८१, बिहिबार

ओलीले केटो भनेपछि योगेश भट्टराईले दिए यस्तो कडा प्रतिजवाफ


योगेश भट्टराई

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै कुर्सी प्राप्त गरेको बताएका छन्। नेता भट्टराईले आफूलाई केटो भन्दा खुसी लागेको बताए।

प्रधानमन्त्रीले शनिवारको एक कार्यक्रममा बोल्दै योगेश भट्टराईको लागि आफूले चुनाव मागेर, चुनाव जिताएर मन्त्री बनाएपनि आफैलाई लात हानेर गएको आरोप लगाएपछि नेता भट्टराईले एक स्टाटस लेख्दै ओलीलाई कडा प्रतिजवाफ दिएका हुन् ।

नेता भट्टराईले ओलीको स्तर थाहा पाएर खुशी लागेको बताए । नेता भट्टराईले सामाजिक संजालमा लेखेका छन्, “केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !