प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा हेर्दा हेर्दैमा, अव के होला ? Nepalpatra प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा हेर्दा हेर्दैमा, अव के होला ?
१० माघ २०७७, शनिबार

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा हेर्दा हेर्दैमा, अव के होला ?


सर्वोच्च अदालत

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथिको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । संवैधानिक इजलासमै हेर्ने कि बृहत् पूर्ण इजलासमा लैजाने भन्ने बहस नसकिएपछि शुक्रबारसम्मलाई स्थगित गरी हेर्दा हेर्दैमा राखिएको हो ।

सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आज बिहान बहस शुरु गरेका थिए । प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए ।

यो पनि पढ्नुहोस् : संसद विघटन मुद्दा सुनुवाइ : बृहत् पूर्ण इजलासको माग

उक्त रिट निवेदनमाथि संवैधानिक इजलासमा रिक्त न्यायाधीशमा सपना मल्ल तोकिएकी छिन् । न्यायाधीश हरिकृष्ण कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उनका स्थानमा आज मल्ल तोकिएकी हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा गत बुधबार सुनुवाइ शुरु भएको थियो । सोही दिन प्रश्न उठेपछि कार्कीले इजलासमा नबस्ने घोषणा गरेका थिए ।

यो पनि पढ्नुहोस्

संसद विघटनको मुद्दा : न्यायाधीश कार्कीको स्थानमा मल्ल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु