७ बैशाख २०८१, शुक्रबार

केपी ओली उखान टुक्काले हसाउने पोलिटिकल जोकर हुन् : अध्यक्ष प्रचण्ड


प्रचण्ड

काठमाडौँ । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली उखान टुक्काले हसाउने पोलिटिकल जोकर भएको बताएका छन् ।

यो पनि पढ्नुहोस् : माधव पहिलो अध्यक्ष म दोस्रो : अध्यक्ष प्रचण्ड

आज बुधबार आफ्नो समूहको काठमाडौं जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीप्रति आक्रोशित रुपमा प्रस्तुत भएका प्रचण्डले ओली निर्घिणी र जोकरका रुपमा प्रस्तुत भएको टिप्पणी गर्दै मान्छेलाई भ्रममा पार्ने कला ओलीमा रहेको पनि बताएका हुन् ।

४ सय हाराहारीकाे केन्द्रीय समितिमा आफूहरुमा दुई तिहाई भएपनि ११ सय र १५ सय सदस्यीय बनाएर प्रहसन गरेकाे उनले आरोप लगाए । नेकपाका अध्यक्ष प्रचण्डले आफूहरुले नै निर्वाचित गरेको प्रधानमन्त्री र अध्यक्षले परिवर्तनका मुद्दालाई धूमिल पारेको आरोप लगाएका छन् ।

यो पनि पढ्नुहोस्

जबज छोड्ने पहिलो नेता केपी ओली नै हुन् : अध्यक्ष प्रचण्ड

प्रचण्डको रोइलो : सूर्य चिन्ह हामीले नपाए यो देशमा ‘कयामत’ आउनेछ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !