
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडि भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरीसँग अन्तर्वार्ता लिएपछि तस्वीर खिचाउदा लगाएको ‘उपरखुट्टी’ को सामाजिक संजालमा सर्वत्र आलोचना शुरु भएको छ । चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन शनिबार ३ जनाको टोलीसहित काठमाडौं आई आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका थिए ।
यो पनि पढ्नुहोस् : भारतीय टेलिभिजनमा प्रधानमन्त्री भने, ‘हाम्रो भूमि र आकाश कसैलाई दिइन्न’
छिमेकी मित्रराष्ट्र देश नेपालमा के चलिरहेको छ भनेर थाहा पाउनु महत्त्वपूर्ण भएकोले नेपालका प्रधानमन्त्री ओलीसँग राम्रो कुराकानी गर्न नेपाल आएको उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् । साथै अब नेपालले भारतलाई किन ठूल्दाजुका रुपमा व्यवहार गर्न चाहँदैन भन्ने बारेमा पनि बुझ्नु जिज्ञाषाको विषय भएकोले उनी नेपालका प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन आएको पनि उनले बताएका छन् ।
नेपालका प्रधानमन्त्री ओलीको अगाडि भारतीय पत्रकार चौधरीले लगाएको ‘उपरखुट्टी’ अमर्यादित हर्कतको पराकाष्टा देखिन्छ । पत्रकार चौधरीले सार्वजनिक गरेको उक्त तस्वीरमा प्रधानमन्त्री ओलीसंग उनले ‘उपरखुट्टी’ लगाएका छन् ।
मर्यादा र साधारण अर्थले पनि प्रधानमन्त्री जस्तो सम्माननीय पदमा आसिन व्यक्तित्वको अगाडि ‘उपरखुट्टी’ लगाउने चलन छैन । उक्त तस्वीरमा प्रधानमन्त्री ओली स्वयं ‘उपरखुट्टी’ नलगाई सामान्य हिसावमा बसेको देखिएको छ ।
यो पनि पढ्नुहोस् : नेपाल र भारतको सीमा विवाद वार्ताबाट समाधान हुन्छ : प्रधानमन्त्री ओली
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय टेलिभिजन च्यानल जी न्युजले विवादित सामग्री प्रकाशित गरेर ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर प्रसारण गरेको कार्यक्रम सुधीरले नै चलाएका थिए ।
जी न्यूजबाट प्रधानमन्त्री ओलीलाई जोडेर आपत्तिजनक समाचारहरू पटक-पटक प्रसारण भएका छन् । यतिसम्म कि चिनिया राजदूत होउ यान्छीसंग प्रधानमन्त्री ओलीले चक्कर चलाएको भन्दै भ्रामक सामाग्री समेत उनकै च्यानलले प्रसारण गरेको थियो ।
यो पनि पढ्नुहोस् : चुनाबपछि आफ्नै पार्टीको सरकार बन्छ : प्रधानमन्त्री ओली
पछि च्यानलले माफी माग्दै सामग्री हटाएको भन्दै भिडियो बाहिरिएको थियो भने जी न्युजको आधिकारिक च्यानलमा भने उक्त भिडियो भने भेटिएको थिएन । चौधरीले पनि नेपालबारे विवादित ट्वीट पनि गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानहानी र दुष्प्रचार गरेको भन्दै नेपालका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले विवादित ट्वीट गरेका थिए ।
यो पनि पढ्नुहोस्