७ बैशाख २०८१, शुक्रबार

भारतीय टेलिभिजनमा प्रधानमन्त्री भने, ‘हाम्रो भूमि र आकाश कसैलाई दिइन्न’


‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरी प्रधानमन्त्री केपी ओलीसँग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि र आकाश कुनै पनि छिमेकी मित्रराष्ट्रहरु कसैलाई पनि प्रयोग गर्न नदिने बताएका छन् । भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरीसँग अन्तर्वार्ता दिंदै प्रधानमन्त्री ओलीले भारत र चीन जसले पनि आफ्नो जमिन हडप्ने प्रयास गरे त्यो नछोडिने बताएका हुन् ।

यो पनि पढ्नुहोस् : चुनाबपछि आफ्नै पार्टीको सरकार बन्छ : प्रधानमन्त्री ओली

उनले नेपालले एउटा छिमेकी विरुद्ध अर्काे छिमेकीलाई आफ्नो जमिन र आकाश प्रयोग गर्न नदिने समेत ओलीले बताएका हुन् । प्रधानमन्त्री ओलीले जनसंख्या र भूगोलमा नेपाल भन्दा भारत ठूलो भएपनि सार्वभौमिकता बराबरी हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको नभइ समान हैसियत भएको स्पष्ट पारेका छन् । अन्तर्वार्तामा बोल्दै उनले भारतले आफूलाई पहिले नै सम्झिएको थियो भने आफूलाई बोस नसम्झिने बताएका छन् । अन्तर्वार्ताकारलाई उनले यस्तो नहुने पनि बताए ।

यो पनि पढ्नुहोस् : नेपाल र भारतको सीमा विवाद वार्ताबाट समाधान हुन्छ : प्रधानमन्त्री ओली

नेपालले लिम्पियाधुरा र कालापानीलाई समेटेर प्रकाशन गरेको चुच्चे नक्साको ऐतिहासिकता, तथ्य र भावनालाई भारतले सम्मान गर्नुपर्ने प्रधानमन्त्रीले ओलीले बताएका छन् । आफ्नो सार्वभौम भूगोललाई लिएर नेपालले चीन र भारत दुबैसँग सम्झौता नगर्ने समेत प्रधानमन्त्री ओलीले बताएका हुन् ।

भारतले भूमि कब्जा गर्दा बोल्ने तर चीनले भूमि कब्जा गर्दा चुप लाग्ने भन्ने कतिपय आलोचनको खण्डन गर्दै ओलीले दुबै देशसँग समान व्यवहार लागु हुने बताएका हुन् । उनले पटक-पटक दुबै मुलुकबीच पारस्परिक एवं सौहाद्र्ध सम्बन्धमा जोड दिएको प्रष्ट पारेका छन् ।

उनले अबको विकास आफैले गर्नेुपर्ने बताउँदै कसैमा निर्भर हुन नहुने समेत बताए । अब उपनिवेशवादको जमाना नरहेको टिप्पणी गर्दै ओलीले उपनिवेशका अवशेषलाई मन-मस्तिष्कबाट हटाउनुपर्ने धारणा समेत राखेका छन् ।

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको पनि स्पष्ट सन्देश दिंदै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएका हुन् । उनले दुई देशका प्रधानमन्त्री भएपछि कोही पनि सानो र ठूलो नहुने बताएका छन् । उनले देशका प्रधानमन्त्रीको अवस्था र सम्बन्ध एउटै हुने पनि बताएका छन् ।

यो पनि पढ्नुहोस्

ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग आफूलाई यसरी गरे तुलना

चीन र भारतबीच मध्यस्थता गर्न तयार छु : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !