१२ बैशाख २०८१, बुधबार

राजनीतिज्ञ र अपराधीहरुवीच भिन्नता देखिएनः पूर्व मन्त्री पण्डित


laal babu pandit

नयाँ संविधान जारी भएसँगै नेताहरुले मुलुकको संवृद्धिको उद्घोष गरिरहेका छन् । तर संव्धिानले आर्थिक विकासको ढोका खोलेको भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उनीहरु स्वयम् स्वीकार्छन् जो जिम्मेवारीको पदमा छन् ।

शुक्रबार काठमाडौमा आयोजित एक कार्यक्रममा वक्ता र मन्त्रीहरुवीच जुहारी नै चल्यो । प्रहरीवाट सिंहदरवार परिसर भित्रै पिटिएका पत्रकारहरुको प्रसंग, प्रेस स्वतन्त्रता, पत्रकारहरुको जीउ धनको सुरक्षा र जीवन विमाको कुरा उठिरहँदा गृहमन्त्री शक्ति बस्नेत मुसुमुसु मुस्कुराइरहे । संवृद्धिको सन्दर्भमा जोडिएको युवाहरुको वैदेशिक प्रस्थानको सन्दर्भमा सरोकारवालाहरुले मन्त्रीहरुकै कारण व्यवसाय भद्रगोल बन्दै गएको भन्दै सरकारलाई संवेदनशील बन्न आग्रह गरे ।

जवाफमा मन्त्री बस्नेतले जारी संविधानको दृढता र इमान्दारितापूर्वक कार्यन्वयनमा लागे मुलुकमा नै रोजगार र संवृद्धि सम्भव रहेको दावी गर्नुभयो । उहाँले रोजगारीको हक मौलिक हकमा सुनिश्चित गरेको भन्दै हरेक नागरिकले आफू रहेको स्थानवाट राम्रो गर्न प्रयत्न गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री पण्डितले राजनीतिज्ञ र अपराधीहरुवीच भिन्नता नदेखिएको बताउनुभयो । सिंगापुरको उदाहरण दिदै उहाँले अपराधीलाई दण्डित गर्न निर्देशन या जिम्मेवार अधिकारीलाई वर्खास्ती गर्नुपर्ने उहाँको आग्रह थियो । अपराधी राजनीतिज्ञलाई सामान्य नागरिकभन्दा दोब्बर सजाय दिनुपर्ने पनि पूर्वमन्त्री पण्डितको माग थियो ।

कछुवाको गतिमा मुलुकको संवृद्धि संभव नरहेको भन्दै वक्ताहरुले नीति, संरचना र ईच्छाशक्तिमा कमजोरी भए सुधार गर्दै जानु पर्ने बताएका थिए । उनीहरुले द्वन्द्धकालीन घटनाहरुको मुद्धालाई न्यायोचित रुपमा छानविन गरी दोषीलाई कानुनी कारवाहीका लागि सबैले सहयोग गर्नु पर्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु