८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीको प्रतिगमन पूर्वराजा ज्ञानेन्द्रको भन्दा पनि गम्भीर, खतरनाक र दूरगामी : डा. बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौं । जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन पूर्वराजा ज्ञानेन्द्रको प्रतिगमन भन्दा पनि गम्भीर,खतरनाक र दूरगामी प्रकृतिको भएको टिप्पणी गरेको छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ओलीको प्रतिगमनविरूद्ध राजनीतिक दल, न्यायालय लगायतका राज्यका सन्तुलनकारी अंग, आम नागरिक सबैको एकीकृत प्रतिरोध अनिवार्य रहेको बताए ।

आज सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै डा. भट्टराईले यो वा उ बहानमा ओली प्रतिगमनलाई न्यूनीकरण गर्ने गल्ती कसैले नगर्न समेत आग्रह गर्दै भनेका छन्, “ओली प्रतिगमन ज्ञानेन्द्र प्रतिगमन भन्दा पनि गम्भीर,खतरनाक र दूरगामी प्रकृतिको भएकाले यसका विरूद्ध राजनीतिक दल,न्यायालय लगायतका राज्यका सन्तुलनकारी अंग,आम नागरिक सबैको एकीकृत प्रतिरोध अनिवार्य छ। यो वा उ बहानमा ओली प्रतिगमनलाई न्यूनीकरण गर्ने गल्ती कसैले नगरौं। हिटलरबाट पाठ सिकौं!”

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !