१३ बैशाख २०८१, बिहिबार

आजको दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झौँ र अभिनन्दन गरौं : नेता पौडेल


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झौँ र अभिनन्दन गरौं भएका छन् । सामाजिक संजाल ट्वीटरमा आज विहान लेख्दै उनले सो कुरा बताएका हुन् ।

साथै उनले संगसंगै नेपालमा संविधानवाद र लोकतन्त्रका पहरेदार चार पूर्वप्रधानन्यायाधीशको पनि लोकतान्त्रिक नेपालले अभिनन्दन गर्नुपर्ने बताएका छन् । आफूलाई राष्ट्रवादी भन्ने र साना-ठुला समसामयिक कुरामा सामाजिक संजालमा लेखिहाल्ने नेपाली काँग्रेसका बरिष्ट नेताहरु तथा आफूलाई यूवा नेता भन्नेहरुको पृथ्वी जयन्तीमा मुखमा बिर्को लागेको बेला उनको यस्तो धारणा आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !