"माधवलाई २०२९ सालमा क्याम्पसमा पढ्दै गरेको भेटेर मैले राजनीतिमा ल्याएको हुँ ?" Nepalpatra "माधवलाई २०२९ सालमा क्याम्पसमा पढ्दै गरेको भेटेर मैले राजनीतिमा ल्याएको हुँ ?"
१० माघ २०७७, शनिबार

“माधव नेपाललाई २०२९ सालमा क्याम्पसमा पढ्दै गरेको भेटेर मैले राजनीतिमा ल्याएको हुँ, अहिले ठुलो बन्न खोज्ने ?”


केपी शर्मा ओली

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई पार्टीको बैठक छाडेर सडकमा गएको आरोप लगाएका छन् ।

धनगढीमा आयोजित सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, “तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला । तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन ।”

माधवकुमार नेपाल आफूसँग चुनाव लडेर हारेको ओलीले बताए। ओलीले नेपाललाई २०२९ सालमा महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गरेको भेटेर राजनीतिमा लाग्नुपर्छ भनेर उत्साहित गरेर नेपाल लागेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !