७ बैशाख २०८१, शुक्रबार

वामदेव गौतम कुनै समूहमा सामेल नहुनुको कारण कतै नयाँ पार्टी गठन गर्ने संकेत त होइन ?

ओलीलाई पटक-पटक साथ दिएका गौतम चर्को आलोचना गर्दै आफू कुनै समूहमा नरहेको दावी


वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकाप) का उपाध्यक्ष वामदेव गौतमले आफू कनै पनि समूहमा नभएको दावी गरेका छन् । नेता गौतम नेकपा विभाजित भएपछि आफ्नो अडानमा रहदै आएका छन् । नेता गौतमले ओली-प्रचण्ड समूह दुवै समूह गलत रहेको भन्दै आफू एकताको पक्षमा उभिएको बताए ।

नेता गौतमले बुधबार भएको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले संसद भंग गरेर ठुलो गल्ति गरेको र यो असंवैधानिक रहेको बताए । गौतमले प्रधानमन्त्रीविरुद्ध अविश्वासको मत पेस हुनुभन्दा अगाडी नै राजीनामा दिनुपर्ने बताएका थिए ।

नेकपाका नेताहरु सबै आ-आफ्नो समूह समाएर अगाडी बढिसके पनि नेता गौतम भने अहिलेसम्म कुनै समूहमा सामेल भएका छैनन् । गौतम कुनै समूहमा सामेल नहुनुको मुख्य कारण के हो त भन्ने सबैको मनमा जिज्ञासा हुनु स्वभाविक हो । कि कतै नयाँ पार्टी खोल्न लागेका त होइनन् भन्ने पनि कतिले औल्याउन थालिसके । तर गौतमले भने आफू कुनै समूहमा नभएको र कुनै पार्टी खोल्न लागेको पनि बताएका छैनन् ।

यो पनि पढ्नुहोस् :किन ओलीको साथ छोडे पूर्व एमाले हाँकेका प्रधानमन्त्री भइसकेका शीर्ष नेताहरुले ? यस भन्दा अगाडी पनि पार्टीको विवाद र ओली-प्रचण्डलाई मिलाउन महत्वपुर्ण भूमिका खेलेका गौतम यो पटक भने असफल भएका छन् । गौतमलाई आफ्नो समूहमा तान्नको लागि ओली समूहका धेरै नेताहरुले प्रयास गरे । ओली आफै पनि गौतम विनास पुगेर सम्झाएका थिए । पार्टीका महासचिव विष्णु पौडेल पनि धेरै पटक पुगे । तर यो पटक भने ओलीले गौतमलाई फकाउन असफल भए ।

त्यस्तैगरी प्रचण्ड-नेपाल समूहले पनि धेरै पटक गौतमलाई फकाउने प्रयास गरे । माधव नेपालदेखि झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसमेत गौतम निवास पुगेर आफ्नो समूहमा आउन आग्रह गरेका थिए । तर गौतम मनन् । अझै पनि पार्टी एकताको पक्षमा उभिएका गौतम अब कुन समूहमा सामेल होला त त्यो भने हेर्न बाकि छ । तर गौतलको अभिव्यक्ति हेर्दा प्रचण्ड-नेपाल समूहमा सामेल हुन सक्ने संकेत देखिन्छ ।

ओलीले यस भन्दा अगाडी पनि गौतमलाई प्रधानमन्त्री बनाउने उधारो आश्वासन देखाएर फकाउन सफल भएका थिए । पटक-पटक ओली समस्यामा पर्दा उधारो सहमति र झुटो आश्वासन देखाएर फकाउन सफल ओलीलाई गौतमले अब विश्वास गर्न छाडेका छन् । धेरै पटक झुटो आश्वासन देखाएको भन्दै अब उधारो सहमति नगर्ने भन्दै गौतमले ओलीको चर्को आलोचना गर्दै आएका छन् । गौतम मात्र नभई ओलीले माधव नेपाललाई समेत उधारो आश्वासन देखाएर फकाउन खोजेका थिए । तर नेपालले पनि उधारो सहमति नगर्ने भन्दै ओलीदेखि टाढिएका छन् ।

*राम मगर नेपालपत्रका समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।

यो पनि पढ्नुहोस्

किन ओलीको साथ छोडे पूर्व एमाले हाँकेका प्रधानमन्त्री भइसकेका शीर्ष नेताहरुले ?

ओलीलाई केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं, सच्चिने अन्तिम मौका छ : अध्यक्ष नेपाल

म मर्छु तर प्रचण्ड-नेपाल समूहको आकांक्षा पुरा हुन दिन्नँ : प्रधानमन्त्री ओली

माधवकुमार नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन् : अध्यक्ष ओली

ओलीलाई खनालको प्रश्न : खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?

जनताको बलबाट ओलीको प्रतिगमनलाई ध्वस्त पार्नुपर्छ : वरिष्ठ नेता खनाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !