११ बैशाख २०८१, मंगलबार

कुलमान घिसिङले अन्डरग्राउण्ड बिजुली बनाएर ठिक गरेनन् : ऊर्जामन्त्री रायमाझी


टोपबहादुर रायमाझी

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले कुलमानजीहरुले अन्डरग्राउण्ड बिजुली बनाउँदै गर्दा कति साथीहरु मर्ने हुन् भन्दै टिप्पणी गरेका छन् ।

मन्त्री रायमाझीले गृहनगर सन्धिखर्कको एक कार्यक्रममा काठमाडौंमा वितरण लाइन सुधार्ने नाममा बिजुलीको तार अन्डरग्राउन्डिङ गरेर ठीक नगरेको बताए ।

यो पनि पढ्नुहोस् : शंकर पोखरेल भन्छन्, “लोडसेडिङ अन्त्य कुलमान घिसिङले होइन, ओलीले गरेका हुन्”

“कति साथीहरु मर्ने हुन्, अहिले कुलमानजीहरुले अन्डरग्राउण्ड बिजुली बनाउँदैछन् । त्यहाँ स्काभेटरले खन्न थाल्यो भने स्काभेटरको मान्छे पनि मर्छ ।” मन्त्री रायमाझीले भने ।

यो पनि पढ्नुहोस् : रवीन्द्र मिश्रको प्रश्न : कुलमान घिसिङ् हटेपछि तपाईको घरमा विजुली निरन्तर आउछ कि आउदैन ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !