७ बैशाख २०८१, शुक्रबार

कांग्रेसको केन्द्रीय समिति बैठक, राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनमा केन्द्रित


Nepali kaangress

४ माघ, काठमाण्डौ । प्रदेश गठन र राष्ट्रियसभा निर्वाचनबारे तयारी गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारकारी कार्यालय बालुवाटारमा सुरु भएको बैठकले राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनबारे धारणा बनाउने कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले जानकारी दिए ।

रिजालले यो बैठकले निर्वाचनको समीक्षा भने नगर्ने बताए । निर्वाचनको समीक्षा गर्नका लागि राष्ट्रियसभा सदस्य निर्वाचनपछि केन्द्रीय कार्यसमिति बैठक बोलाउने सभापति देउवाको मनशाय रहेको रिजालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !