८ बैशाख २०८१, शनिबार

राष्ट्रियसभा निर्वाचन नजिकिदै गर्दा कांगेसका उम्मेदवार लर्को


congress-party-office

४ माघ, काठमाण्डौ । राष्ट्रियसभाको निर्वाचन नजिकिँदै गर्दा कांग्रेसका उम्मेदवार आकांक्षीहरूको लर्को लाग्न थालेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भएकाहरूले पनि उम्मेदवार बन्ने आकांक्षा राखेपछि नेतृत्व दबाबमा परेको छ ।

पराजितलाई राष्ट्रियसभामा लैजान नहुने मत पनि कांग्रेसभित्र चर्को रूपमा उठेको छ । बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा निर्वाचनका साथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा पनि हुने कांग्रेस नेताहरूले बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्वाचन सकिएको ४० दिन पुग्दासमेत त्यसको समीक्षा र पराजयको कारण खोजी हुन नसकेको भन्दै असन्तुष्टि पोख्दै आएको छ । पौडेल पक्षले कुनै पनि बहानामा निर्वाचनमा पराजितलाई राष्ट्रियसभामा नलैजान दबाबसमेत दिएको छ । कांग्रेसका नेता अर्जुननरसिंह केसीले चुनाव हारेकाहरू पुनःस्थापित हुँदै छन् भन्ने सुनेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !