६ बैशाख २०८१, बिहिबार

सडकबाटै राजसंस्था पुनर्स्थापित गर्ने ओलीलाई कमल थापाको चेतावनी


कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सडकबाटै हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनमा बोल्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताए ।

हिन्दु राष्ट्र र राजसंस्थालाई पुनर्स्थापित गर्ने र संघीयतालाई पुनरावलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित गर्ने चेतावनी दिदै अध्यक्ष थापाले भने, “हामी यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आवश्यक पर्‍यो भने मर्न र मार्न पनि तयार भएर सडकमा आएका छौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !