१२ बैशाख २०८१, बुधबार

प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ जना सांसदहरुलाई निलम्बन


शेरधन राई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ मा ओली समूह र प्रचण्ड-नेपाल समूहवीच एकले अर्कोलाई हटाउने र कारबाही गर्ने क्रम बढेको छ । यसै वीच मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई कारबाही गरी संसदीय दलको सदस्यबाट निलम्बन गरेका छन् ।

उनीहरुलाई संसदीय दलको कुनै पनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको मुख्यमन्त्री राईले भीम आचार्यलाई सम्बोधन गरी दिएको निलम्वन पत्रमा उल्लेख छ । साथै राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई ३ महिनाका लागि निलम्बन गरेका हुन् ।

राईले निलम्बन गरेका सांसदहरुमा भीम आचार्य, राजेन्द्र राई, मोहन कुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहाङ, साबित्राकुमारी रेग्मी र सरिता थापा छन् ।

प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधिएकोमा १५ जनालाई बिहीबार निलम्बन गरिएको बताए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ४ जना सांसद तुलसी प्रसाद न्यौपाने, उषाकला राई, झलक बहादुर मगर र राम कुमार राईले मौखिक जवाफ दिएकोका कारबाही नगरेको उनले जानकारी दिएका छन् ।

आफूविरूद्ध अविश्‍वासको प्रस्ताव ल्याउन सांसदलाई हस्ताक्षर गराएको भन्दै शनिबार साँझ मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वोलाई पदबाट बरखास्त गरेको भोलिपल्ट बिहान प्रचण्ड-नेपाल समूहका ३ जना मन्त्रीले पदबाट राजीनामा समेत दिएका थिए ।

सोही दिन प्रदेशसभा सचिवालयमा ३७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्‍वासको प्रस्ताव दर्ता गराएका थिए । यसअघि आजै नेकपाका बहुमत सांसदहरु सहभागी संसदीय दलको बैठकले मुख्यमन्त्री शेरधन राइलाई दलको नेताबाट हटाउदै संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको थियो ।

प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ जना सांसदहरुलाई निलम्बन

यो पनि पढ्नुहोस्

प्रदेश १ को नेकपा संसदीय दलको नेताबाट शेरधन राईलाई हटाई भीम आचार्य चयन

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रदेश १ का ३ जना मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्रीले गुमाए संसदीय दलमा बहुमत

प्रदेश १ का मुख्यमन्त्री राईले किन गरे अर्थमन्त्री आङबोलाई बर्खास्त ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !