७ बैशाख २०८१, शुक्रबार

जनताको बलबाट ओलीको प्रतिगमनलाई ध्वस्त पार्नुपर्छ : वरिष्ठ नेता खनाल


झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जनताको शक्तिलाई परिचालन गरेर ओलीको यो प्रतिगमनलाई पछार्नुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले यस्तो बताएका हुन्।

लोकतन्त्र र संविधानलाई बचाउनुपर्नेमा जोड दिँदै वरिष्ठ नेता खनालले भने, “१०० वर्षको राणा शासन, ३० वर्षको पञ्चायती शासन र ज्ञानेन्द्र शाहलाई जनताको बलमै पराजित गरेको हो । यो त पिप्सो तानाशाही हो, यसलाई पनि जनताको बलबाट ध्वस्त पार्नुपर्छ ।’

ओलीले संसद विघटन गरेसँगै नेकपा प्रचण्ड-नेपाल समूह ओलीविरुद्ध लाग्न थालेको हो। प्रचण्ड-नेपाल समूहले विभिन्न चरणको आन्दोलन पनि गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !