६ बैशाख २०८१, बिहिबार

हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको अभियानमा सहभागी हुन कमल थापाको आग्रह


कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अभियान चलाउने भएको छ । राप्रपाले पौष १७ शुक्रवारको दिन ११:३० बजे काठमाडौं भृकुटीमण्डपमा अभियान गर्ने भएको हो ।

पार्टीका अध्यक्ष कमल थापाले आज एक स्टाटस लेख्दै भ्रष्टाचार,धर्मपरिवर्तन,कुशासन र सर्वसत्तावादको बिरुद्ध तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको अभियानमा सहभागी हुन सबैलाई आग्रह समेत गरेका छन् ।

कमल थापाले लेकेका छन्, “भ्रष्टाचार,धर्मपरिवर्तन,कुशासन र सर्वसत्तावादको बिरुद्धमा तथा
हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको अभियानमा सहभागी बनौं! पौष १७ शुक्रवार दिनको ११:३० बजे काठमाडौं भृकुटीमण्डप जाऔं!!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !