१३ बैशाख २०८१, बिहिबार

संविधानवाद र लोकतन्त्रको मर्मविपरीत ओली सरकार अघि बढेको छ : नेता सिंह


प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानवाद र लोकतन्त्रको मर्मविपरीत सरकार अघि बढेको बताएका छन् । म नै राज्य हुँ भनेझैं प्रधानमन्त्रीले विधि, विधान मिचेर मनखुशी प्रतिनिधिसभा विघटन गरेको नेता सिंहले आरोप लगाएका छन् ।

सामाजिक संजालमा आज एक स्टाटस लेख्दै नेता सिंहले भनेका छन्, “संविधानवाद र लोकतन्त्रको मर्मविपरीत सरकार अघि बढेको छ । म नै राज्य हुँ भनेझैं प्रधानमन्त्रीले विधि, विधान मिचेर मनखुशी प्रतिनिधिसभा विघटन गर्नुभएको छ । त्यति मात्र होइन एकलौटी चुनाव घोषणा गरेको सरकारले अझ मन्त्रीमण्डल पुनर्गठन गरेको छ । संविधान मिच्दै गरिएको संसद विघटन असंवैधानिक छ । सरकारको असंवैधानिक कदमको विरूद्ध नेपाली कांग्रेसले भोलि (पुस १३ गते) देशभर प्रदर्शन गर्दैछ । सरकारको असंवैधानिक कदमविरूद्धको प्रदर्शनमा सहभागिताका लागि म सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा अपिल गर्दछु । जय नेपाल ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !