१३ बैशाख २०८१, बिहिबार

भिम रावलको कडा टिप्पणी : निरंकुश शासक झैं प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरे


भीम रावल

काठमाडौँ । प्रचण्ड-नेपाल समूहको नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् । उनले चुनावको मिति तोकेर पदबाट राजीनामा दिनुको सट्टा निरंकुश शासक झैं मन्त्रिपरिषद विस्तार गरेको आरोप लगाएका हुन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै रावलले देश, जनता र पार्टीप्रति प्रधानमन्त्री ओलीले विश्वासघात र संविधानमाथि घात गरेको बताएका हुन् । ओलीको स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेको रावलको टिप्पणी समेत गरेका छन् । संसद बिघटनपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेपछि रावलको यस्तो टिप्पणी आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !