६ बैशाख २०८१, बिहिबार

ओली गणतन्त्र, संघीयताको विरोधी मान्छे हो : अध्यक्ष नेपाल


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्र विरोधी भएको बताएका छन् । दाहाल-नेपाल समूहले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले ओलीमा अहिलेको व्यवस्थाप्रति कुनै माया मोह नभएको बताएका छन् ।

अध्यक्ष नेपालले भने, “उहाँ कम्युनिस्ट मात्रै होइन, गणतन्त्र विरोधी मान्छे हो । गणतन्त्र नेपालमा आउनै सक्दैन भनेर फरक विचार राख्ने मान्छे हो । उहाँमा गणतन्त्रप्रति माया मोह छैन । संघीयताको पनि विरोधी हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !