६ बैशाख २०८१, बिहिबार

प्रचण्डको कार्यकर्ता भएपछि माधवले पूर्व एमालेको सम्पत्तिमा दाबी गर्न मिल्दैन : प्रधानमन्त्री ओली


ओली, प्रचण्ड र नेपाल फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको स्वीकार गर्दै नेकपाका बरिष्ठ नेता माधव नेपाल प्रचण्डको कार्यकर्ता भई सकेपछि पूर्व एमालेको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताएका हुन् । हिजो बुधबार योहो टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा पत्रकार जीवराम भण्डारीसँगको कुरा गर्दै सो कुरा बताएका हुन् ।

पूर्वएमालेको पार्टी कार्यालयमा अहिले फुटेर गएका प्रचण्डले त के माधव नेपालले पनि दावी गर्न नमिल्ने र नसक्ने उनले बताए । प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्व एमालेको सम्पत्तिमा माधव नेपालले समेत दाबी गर्न नमिल्ने उनले तर्क गरे ।

उनले आफू राजनीतिलाई अस्वस्थ ढंगले लैजानुहुन्न भन्ने पक्षमा अझै पनि रहेको भन्दै प्रचण्डले विभाजन भइसकेपछि उनको पार्टी कार्यालयको सम्पत्ति लिएर जाने तर पूर्व एमालेको सम्पत्ति आफैसँग रहने बताएका हुन् ।

उनले सार्वजनिक रूपमा एकीकरण सफल नभएको भन्दै दुई वटा पार्टी जति गरेपनि मिल्न नसकेको बताउदै प्रचण्डजी र मैले दुई वटा पार्टी एकता गरेका गरेपनि प्रचण्डजी र म मिल्न नसकेको बताएका हुन् । साथै उनले केन्द्रमा प्रचण्ड-नेपाल समूहको सङ्ख्या केही धेरै जस्तो देखिएपनि तल्लो तहमा केही पनि नभएको ओलीले दाबी गरेका छन् ।

प्रचण्ड-नेपाल समूह चुनावमा जान डराएको ओलीले आरोप लगाए । साथै उनले अर्का नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भाग लिएर गए हुने बताएका पनि छन् ।

यो पनि पढ्नुहोस्

प्रचण्डले आफ्नो भाग लिएर गए हुन्छ : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !