६ बैशाख २०८१, बिहिबार

बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर र ओलीलाई कारबाही गरेको निर्णयसहित निर्वाचन आयोग पुगे दाहाल–नेपाल समूहका नेता


निर्वाचन आयोग File Photo

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेका छन् । हस्ताक्षर र अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको निर्णय लिएर नेताहरु आयोग पुगेका हुन् ।

निर्वाचन आयोगमा नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी दर्ता छ । केन्द्रीय कमिटीको करिब ६६ प्रतिशत सदस्यको हस्ताक्षर प्रचण्ड-नेपाल समूहसँग रहेको एक नेताले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !