८ बैशाख २०८१, शनिबार

माधव, झलनाथ र नारायणकाजी किन पुगे वामदेव गौतम निवास भैसेपाटी ?


माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैसेपाटी गएका छन् । नेपाल, खनाल, गौतम र श्रेष्ठबीच छलफल भइरहेको स्रोतले बतायो ।

विभाजनतर्फ उन्मुख नेकपाको कुनै पनि भेलामा नजाने अडान लिएका गौतम यसअघि प्रचण्ड समूहमा थिए । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भने केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरिसकेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !