१३ बैशाख २०८१, बिहिबार

ओली पक्षको केन्द्रीय समिति बैठक बालुवाटारमा, पूर्वमाओवादीका नेतापनि सहभागी


प्रधानमन्त्री निवास Photo : PM Press

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । पार्टी केन्द्रीय कमिटीको बैठक अध्यक्ष ओलीको अध्यक्षतामा आरम्भ भएको स्रोतले बतायो ।

ओलीले बोलाएको बैठकमा ओली समूहका सहित पूर्व माओवादी निकट टोपबहादुर रायमाझीसहितका केही नेतापनि सहभागी रहेको स्रोतले बतायो । आजै प्रचण्ड समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपा फुटको संघारमा पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !