७ बैशाख २०८१, शुक्रबार

नेकपाका दुवै समूह आमनेसामने : बोलाए आफू निकट सांसदहरुको बैठक


ओली-प्रचण्ड

काठमाडौं । विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आफ्ना समूहका सांसदहरुको फरक-फरक बैठक बोलाएर आमनेसामने हुने भएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सोमबारबाट ओली र प्रचण्ड समूह छुट्टाछुट्टै बैठक गरेर आ-आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहले बिहान ९ बजे बालुवाटारमा सांसदहरुलाई बोलाएको बैठक जारी रहेको बुझिएको छ । ओली पक्षले ‘निवर्तमान सांसद’ भनेर सम्बोधन गर्दै बैठकमा सहभागी हुन एसएमएस पठाएको छ । बालुवाटारको भेलामा ओली निकट मानिने सांसद मन्त्री र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।

त्यस्तै प्रचण्ड-नेपाल समूहले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका हुन् । त्यस्तै यो समूहले दिउँसो ३ बजे पार्टीको स्थायी समिति बैठक समेत बोलाएको छ । प्रतिनिधिसभामा नेकपाका १७४ सांसदहरुमध्ये हाल १७३ सांसदहरु रहेकोमा प्रचण्ड-नेपाल पक्षले करिब ९० सांसदहरुको हस्ताक्षर संकलन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने र नयाँ जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरेपछि दुवै पक्षले आफू निकट सांसदहरुलाई ब्रिफिङ गर्न बैठक बोलाएको बुझिएको छ । विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रचण्ड-नेपाल पक्षले संकलन गरेको सांसदहरुको हस्ताक्षरलाई आधार मान्ने हो भने संसदीय दलमा ओली अल्पमतमा परेका छन् ।

यो पनि पढ्नुहोस्

ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिने, के व्युतिन्छ त तत्कालिन नेकपा एमाले ?

संसद विघटनको संयुक्त रुपमा सशक्त प्रतिवाद गर्ने नेकपासहित तीन दलको निर्णय

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

संसद विघटन हुनुअघि नै आज बिहान दर्ता भएको थियो प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

प्रचण्ड-नेपाल समूहका ७ जना मन्त्रीले दिए सामूहिक राजीनामा

राष्ट्रपति भण्डारीद्वारा संसद् विघटन, नयाँ निर्वाचनको मिति घोषणा

अन्ततः निर्वाचन आयोगले दर्ता गर्‍यो नेकपा एमाले नाममा नयाँ पार्टी, को छन् त अध्यक्ष ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !